चट्याङ लागेर नवलपरासीमा महिलाको ज्यान गयो, बझाङमा चार जना घाइते




नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हिजो साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर पुनमको ज्यान गएको हो ।




यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् ।

घाइतेको गडराय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

हिजो नै चट्याङ लागेर अछाममा ६ बर्षीय बालक गौरव भण्डारीको निधन भएको थियो भने । बाग्लुङको ढोरपाटनमा ५६ बर्षीय पुरुष कुमबहादुर पुनको मृत्यु भएको थियो ।

चट्याङ लागेर १ जना बालक सहित २ जनाको मृत्यु ३ जना घाइते



सम्बन्धित
Loading...