रुखमा बाधेर आगो लगाइ हत्या गरेको अवस्थामा शव फेला

काभ्रे । काभ्रे जिल्लाको पाचखाल नगरपालिका-४ जिरोकिलो स्थित बिराजे खोल्छा जंगलसमा रुखमा बाधेर आगो लगाइ हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला काभ्रे पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा हाल नाम थर वतन नखुलेको अन्दाजी बर्ष २५ को जस्तो देखिने पुरुष ब्यक्तिकको मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत लाश फेला परेको छ ।
स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटना स्थल सुरक्षित राखिएको प्रहरीले जनाएका छन । शव १५/२० दिनको जस्तो सडिगलेको अबस्थामा रहेको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिए ।