नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको निधन, १ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रमेश बहराका अनुसार नवलपरासीको सुस्ता गाउँपालिका ३ बिगेट स्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटोको छेँउमा पल्टिन जाँदा १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते सुस्ता गाउँपालिका ५ तरेनी निवासी १३ बषीृय गोलु भनिने रोहित कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा निधन भएको हो ।
त्यसैगरी दुर्घटनामा परी सुस्ता ४ नर्सही निवासी २१ बर्षीय सुकई मल्लाहा घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भैरहवा मेडिकल कलेज चैरहवा लगिएको छ ।