सर्पदंशबाट नवलपुरमा बालक गम्भीर
नवलपुर । नवलपुरमा सर्पदंशबाट एक जना बालक गम्भीर विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १२ ज्वोइथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमाललाई सर्पले डसेको हो ।
उनको अवस्था गम्भीर रहेको छ । उनलाई आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा दायाँ खुट्टामा सर्पले टोकेको हो ।
बालक कुमालको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । उनको अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ ।