काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा एक जना युवकको हत्या भएको छ ।
दुई समूहबिच झगडा हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शनिबार साँझ ८ बजेतिर सडकमा झगडा हुँदा हत्या गरिएका धिमालको शव सिनामंगलस्थित केएमसी अस्पतालमा छ । घटनास्थलमा गम्भीर घाइते भएका धिमाललाई अस्पताल लगेपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।