चितवनमा अज्ञात समूहद्वारा स्कूल बसमा आगजनी




चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले स्कूल बसमा आगजनी गरिदिएको छ ।

स्मलहेवन इंगलिस वोर्डीङ स्कुल कल्याणपुरको बाग्मति प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको हो ।




विहान करीव ८ बजेको समयमा विद्यार्थी लिन गएको स्कूल बसमा ३ वडा मोटरसाइकलमा आएका ६ जना अज्ञात समुहले दद्रेनी पुलमा रोकेर बसमा रहेका विद्यार्थी र कर्मचारीलाई झारेर बसमा आगोे लगाइदिएका हुन् ।

प्रहरीका अनुसार बस आगजनीबाट पूर्ण क्षति भएको छ । आगो दमकलले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

चितवन प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...