पोखरामा ४ बालकले चोरे स्कुलका ११ ल्यापटप




पोखरा । पोखरामा ४ जना बालकले विद्यालयको ढोका फोडेर ल्यापटप चोरेका छन् । पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको कोठाबाट ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेका हुन् ।

उनीहरूले ७ थान चार्जर, ५ थान माउस सहित अन्य सामग्रीहरू चोरी गरेका छन् । प्रहरीका अनुसार अन्य ल्यापटप, कम्प्युटर, सिसीक्यामेरा, डिभाइसहरू, प्रोजेक्टर, साउन्ड सिस्टम लगायतमा क्षति पुगेको छ ।




घटनापछि शिसुवा प्रहरीको टोलीले घटनामा संलग्न पोखरा-३३ बस्ने ४ जना बालकहरुलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट बिग्रिएको ३ वटा र चालू अवस्थाको थप ७ वटा ल्यापटप पनि बरामद गरिएको छ ।

चारैजनालाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



सम्बन्धित
Loading...