जसपाका मन्त्रीले लिए शपथ, मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ




काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।



जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।

मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ

मन्त्रालयको टुङ्गो नलागेपछि जनता समाजवादी पार्टी (जसपा)की सचिव रञ्जु ठाकुरले विनाविभागीय मन्त्रीको शपथ लिइनन् ।

जसपाले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको थियो । सोमबार एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएपनि रञ्जु ठाकुरले भने शपथ लिइनन् ।

मन्त्रालय नटुङ्गेपछि उनले विनाविभागीय मन्त्रीको शपथ नलिएको बताइएको छ । मन्त्रालयको टुगों लगाएपछि मात्र उनले शपथ लिने स्रोतले जनाएको छ ।



सम्बन्धित
Loading...