हुप्सेकोटमा पूर्व वडाध्यक्ष कानुको सालिक तोडफोड काँग्रेसद्वारा भत्सर्ना




नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष स्व. चित्रबहादुर कानु मगरको सालिक तोडफोड भएको छ ।

चित्रबहादुर कानुको स्मृतिमा निर्माण गरिएको स्व. चित्रबहादुर स्मृति उद्यानमा निर्माण गरिएको मगरको सालिक अज्ञात समूहले तोडफोड गरेको हो । सालिकको शरिर टाउको अलग अलग गरिएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले घटनाको अनुसन्धान भईरहेको बताए । तोडफोड गर्नेहरुको पहिचान नभएको र खोजी कार्य जारी रहेको पौडेलले बतौ ।

यसैबीच नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । नेपाली काँग्रेसको हुप्सेकोट सभापति बलबहादुर रानाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

उनले २०७४ को स्थानीय तहको निर्वाचनमा हुप्सेकोट १ मा काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी नेपाल तरुण दल हुप्सेकोटले पनि विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ ।



सम्बन्धित
Loading...