टी-२० पहिलो अभ्यास खेलमा नेपालको जित




आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ।

मंगलबार भएको खेलमा नेपालले स्थानीय विन्डवार्ड भोलक्यानोजलाई ४ विकेटले पराजित गर्‍यो।



पहिले ब्याटिङ गरेको विन्डवार्डले ८ विकेटको क्षतिमा १९६ रन जोड्यो। उसका लागि डिलोन डाउगलासले ५० रन बनाए।

बलिङमा नेपालका कप्तान रोहितकुमार पौडेलले ३ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

१९७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ३ बल बाँकी छदा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ७१ रन र दीपेन्द्रसिंह ऐरीले २५ बलमा नटआउट ५२ रन जोडे।



सम्बन्धित
Loading...