मलामी गएको जीप दुर्घटना , दर्जनौं घाईते




दोलखा २ जेठ –
दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेर घाट तर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दर्जनौं घाईते भएका छन् ।

मेलुङ गाउँपालिका –३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परि १४ जना घाइते भएका हुन् । मेलुङबाट तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटना परेको हो ।




दुर्घटनामा चालक हरिबहादुर कार्की सहित सबै मलामी घाइते भएका हुन् । स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि चरिकोट ल्याईसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सवै घाईतेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...