नवलपुरको अरुणखोलाबाट छुटेको जीप पाल्पामा दुर्घटना, १४ जना घाइते


पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।



निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो ।

नवलपरासीको अरुणखोलाबाट निस्दीको खादर तर्फ आउदै गरेको डबल क्याप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।




घाईते सबैलाई उपचारको लागि नवलपरासीतर्फ पठाईएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



सम्बन्धित
Loading...