नवलपुरमा भरुवा बन्दुक सहित पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लामा इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान १० बजे नवलपुरको बौदीकाली गाउँपालिका ६ पोखरीछाप निवासी ५६ बर्षीय चन्द्रबहादुर सिंजाली मगरलाई भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।




उनलाई डेढगाउँबाट नरम जाने बाटोमा एक नाले भरुवा बन्दुक सहित हिडिरहेको अवस्थमा फक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...