कार दुर्घटनामा २ जनाको मृत्यु

५ जेठ । मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका घाइते मध्ये २ जनाको मृत्यु भएको छ । एकजनाको उपचार चलिरहेको छ ।
मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विबेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षीय प्रेम बहादुर ब्लोन रहेका छन् ।
उनीहरुको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार घाइते बाराको निजगढ नगरपालिका ६ का ३० वर्षीय सन्दिप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको छ ।
शनिबार बिहान कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा बिहान साढे सात बजे कार भिरबाट खसेको थियो ।
ललितपुरबाट हेटौंडातर्फ आउदै गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी ४ सय मीटर तल खस्दा ३ जना घाइते भएका थिए ।