नवलपुरमा पोलेर बालक घाइते





नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ मा घर पकाइरहेको तरकारीमा परेर एक जना बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी ४ निवासी उमा कुमालको २ बर्षीय छोरा सलिन कुमाल आफ्नै घरमा खेल्ने क्रममा अचानक आगोमा पकाइरहेको तरकारीमा परी पोलेर घाइते भएका हुन् ।


बालकको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर रिफर गरिएको जनाएको छ ।

बालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बालकको शरिरको विभिन्न भाग जलेको छ ।



सम्बन्धित
Loading...