गैँडाको आक्रमणबाट बालक घाइते




रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–११, विश्वासटोलमा गैँडाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि गैँडाले आक्रमण गरी रत्ननगर–११ बस्ने ११ वर्षीय दिपेश सुनार घाइते भएका हुन् ।




पेट, हात र ढाडमा चोट लगेका बालकको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आमा शर्मिला सुनार संलग्न रहेको प्रहरीले जनाएको छ ।

यता भरतपुर महानगरपालिका वडा नं. -२८ स्थित अन्द्रौली गाँउमा शनिबार चाती चितुवाले आतङ्क मच्चाएको छ।

चितुवाले एकै रातमा अन्द्रौलीका मुमाकान्त सापकोटा र मणीभद्र सापकोटाको घर तथा गोठमा एक खसी सख्त घाईते बनाएको र मणीभद्र सापकोटाको गोठमा माउ बाख्राको मृत्यु भएको चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष बिशाल कुमालले जानकारी दिए।

सिँगो गाँउ संत्रासमय अवस्थामा रहेको र डरले रातभर सुत्न नसकेको वताउदै उनले संम्बन्धित निकाएको छिटो भन्दा छिटो ध्यान पुगेर चितुवालाइ नियन्त्रण लिनुको साथै पिडित किसानहरूलाइ क्षतिपुर्ति र गाँउवासी र घर पालुवा जनावरको ज्यु ज्यानको सुरक्षाको माँग गरेका छन ।



सम्बन्धित
Loading...