अमलटारी होम स्टे अबदेखि होम स्टे भिलेज, यहाँका सबै होटल होम स्टे


रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती १५ बाघखोरमा रहेको अमलटारी होम स्टे अबदेखि अमलटारी होम स्टे भिलेज भएको छ ।



यहाँ रहेका सबै होटलहरुलाई होम स्टेमा मर्ज गरेर होम स्टेल भिलेज गराएका हुन् । होम स्टे भिलेज भएसँगै यहाँ आउने ४ सय बढी पाउनालाई एक साथ सेवा दिन सकिने भएको अमलटारी होम स्टे भिलेजका अध्यक्ष प्रेम शंकर मर्दनियाले बताए ।

अमलटारी होम स्टे स्थापना भएको १० बर्ष पुगेको अवसरमा यहाँको डेढकिलो मिटर आसपासका सबै गाउँलाई होम स्टे भिलेज गराएको उनले बताए । उनले होम स्टे वा यस अघि होटल नभएका घरहरुलाई होम स्टे बनाउन भनिएका र होम स्टे बनाउन चाहानेलाई सहयोग गरिने मर्दनियाले बताए ।




बाघखोरमा ३१ वटा होम स्टे रहेकोमा होम स्टे भिलेज बनाएसँगै यहाँ होम स्टेको संख्या ३५ पुगेको छ । होटल हरु होम स्टेमा मर्ज हुँदा ६४ वटा कोठाहरु थप भएको मर्दनियाले बताए ।
होम स्टे भिलेजको गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले होम स्टे भिलेज बनेपछि यहाँको पर्यटक पवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नवलपुरको कावासोती १५ बाघखोरबाट निकुञ्जमा जंगल सफारीका लागि पनि खुल्ला गरिएको छ । जसले गर्दा यहाँ आउने पर्यटकमा थप टेवा पुगेको छ । अमलटारी होम स्टे भिलेजले आफै पनि जंगल सफारी गर्न आउने पर्यटकलाई जंगल सफारीको व्यवस्थापन गर्ने गरेको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य जीवन श्रेष्ठ, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा थारु र मगर समुदायको सांकृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।



सम्बन्धित
Loading...