माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर – घाइतेहरुको नामावली सहित




चितवनको इच्छाकामना–४ कुरिनटारमा माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।




माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

निम्न घाईतेहरुः-
१. माईक्रो चालक हाल नाम थर वतन नखुलेको बर्ष अं.३२।३३ प्रमेश्वर प्रसाद महत्तो गम्भिर ।
२. माईक्रोमा सवार जि.चितवन भ.न.पा.११ बस्ने बर्ष ५७ को थम बहादुर. लामाको टाउको चोट मध्यम
३. माईक्रोमा सवार ऐ.ऐ.बस्ने ५४ की मन माया लामाको पेटमा भित्रि चोट मध्यम ।

४. माईक्रोमा सवार ऐ.ऐ.बस्ने बर्ष ५१ की पेमा शेर्पाको निधारमा चोट मध्यम ।
५. माईक्रोमा सवार ऐ.ऐ.बस्ने बर्ष ५४ की कबिता शेर्पाको पेटमा भित्रि चोट अबस्था मध्यम ।
६. माईक्रोमा सवार ऐ. १२ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारीको चोट खुट्टा र ढाडमा चोट मध्यम ।
७. माईक्रोमा सवार ऐ.१५ बस्ने बर्ष ४८ की निरा शर्माको ढाड,हात कुम्मा चोट सामान्य । (आफन्त काठमाण्डौ भएकोले एम्बुलेन्समा काठमाण्डौ गएको)
८. माईक्रोमा सवार भरतपुर म.न.पा.७ बस्ने बर्ष २१ को सदिप ढकाल गम्भिर ।

९. माईक्रोमा सवार भरतपुर म.न.पा.४ बस्ने बर्ष २८ की प्रिन्सा मालाकार मध्यम ।
१०.माईक्रोमा सावर ऐ.४ बस्ने बर्ष १८ की प्रेरणा मालाकार मध्यम ।
११. माईक्रोमा सवार ऐ.११ बस्ने बर्ष ५४ की एम माया शेर्पा मध्यम ।

१२. माईक्रोमा सवार ऐ.४ बस्ने बर्ष २० की सोनिया सापकोटा मध्यम ।
१३. माईक्रोमा सवार ऐ.२० बस्ने बर्ष २५ को छवि लामिछाने मध्यम ।

गम्भिरः- २ जना
मध्यमः- १० जना
सामान्यः- १ जना



सम्बन्धित
Loading...