डेढ साता अघिदेखि बेपत्ता हरिराम रिमाल मस्र्याङ्दीमा मृत फेला




लमजुङ । लमजुङमा डेढ साता अघिदेखि बेपत्ता २० बर्षीय युवा मस्र्याङ्दीमा मृत फेला परेका छन् । उनी आफ्नै घर नजिक रहेको मस्र्याङ्दी नदीको बिच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको आज मंगलबारमात्र पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

गत बैशाख २८ गते साँझदेखि हराइरहेका बेसीशहर नगरपालिका– ६ तल्लो मकैडाँडा गाउँ निवासी हरिराम रिमाल मस्र्याङ्दी नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो दिन साँझ खाना खाएपछि छिमेकीकोमा सुत्ने जाने उनी मस्र्याङ्दी गाउँपालिका– ७ को बडागाउँमा रहेका उनका साथीलाई भेट्न भनेर गाउँबाट हिडेको भए ता पनि साथीकोमा पुगेकै थिएनन् ।




उनी बेलौती बिसौनासम्म पुगेको थाहा भए पनि आफू भोलि बिहान आउने तँ घर फर्की भन्दै सँगै गएको साथीलाई फर्काएर उनी वेत्ता भएको उनीसँगै गएका साथीले बताएको उनका दाजु अमृतले बताएका छन् । उनका अनुसार कुनै प्रकारको विरामी नभएको भाइ मृत भेटिनुमा कैफियत हुन सक्ने आशंका गरिएको छ ।

बेलौती बिसौना नजिकै रहेको मस्र्याङ्दी नदीको बिच भागमा मृत अवस्थाको मानिस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै जिल्ला प्रहरीको टोली र स्थानीयले नदीबाट शवको उद्दार गरेको जिल्ला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक थानेश्वर चपाईले बताए । उनका अनुसार मस्र्याङ्दी नदीको बिच भागमा शब भएकाले डुंगाको माध्यमबाट शवको उद्दार गरी नदी किनारामा ल्याउने काम भएको हो ।

रिमाल सोही स्थानबाट हराएको सूचनाका आधारमा सोही स्थानलाई फोकस गरेर खोजीमा प्रहरी जुटिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मीनबहादुर घलेले बताए । उनका अनसार शव फेला परे पश्चात आफन्त आएको र कपडाको आधारमा आफन्तले शवको सनाखत गरेका हुन् । उनले भने, ‘शवलाई लमजुङ अस्पताल बेसीशहरको शव गृहमा राखिएको र भोलि पोष्ट मार्टम पश्चात परिवारलाई बुझाईने छ ।’



सम्बन्धित
Loading...