सीता एयरले ठक्कर दिदा आफ्नै कर्मचारी घाइते




मुगु । मुगु स्थित रारा विमान स्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिदा विमानकै कर्मचारी घाइते भएका छन ।

विहिवार नेपालगन्जका लागि यात्रुहरु राखेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन ।




भाम विमानका चालकहरुलाइ विमान उडान संकेत गरिरहेका बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिंदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराए ।

घाइते भइ अचेत अवस्थामा रहेका धिरेन्द्रलाई सीता एयरकै विमान मार्फत उपचारका लागि नेपालगन्ज लिइएको छ ।



सम्बन्धित
Loading...