गैडाकोटमा नारायणी नदीमा वेवारिसे शव फेला




नवलपुर । पूर्वीै नवलपरासीको गैडाकोट नगरपालिका २ मा नारायणी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ कन्टिनेन्टल बोर्डिङ स्कुल नजिक नारायणी नदी किनारमा गएराति अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको हो ।




मृतकको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...