नवलपुरमा सर्पदंशबाट एक जना महिला विरामी

नवलपुर । नवलपुरमा सर्पदंशका कारण एक जना महिला विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ तमासपुर बस्ने ३३ बर्षीय निर्मला चौधरीलाई हिजो साँझ सर्पले डसेको हो ।
चौधरीलाई गोठालो जाने क्रममा दायां खुट्टामा सर्पले डसेको हो । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।