नवलपुर प्रहरीद्वारा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद




रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले आज नवलपुरमा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा सवारी साधन चेक जाँच गर्ने क्रममा जुत्ता, सुरुवाल, सल लगायतका कपडाहरु गरी ६ लाख ३६ हजार ५ सय ५० रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।




विना विलको बेवारिसे अवस्थामा रहेको स्पोर्ट जुत्ता १ सय ९७ जोर कुर्था सुरुवाला ४० पिस, कपडाको सल ८ सय ५५ पिस, अण्डर वयर ६ सय ४९ पिस र कपडाको सानो गम्छा १ सय ६८ पिस बराम गरेको हो ।

बरामद सामग्री आबश्यक कारबाहीको भन्सार कार्यालय त्रिवेणी पठाइएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।



सम्बन्धित
Loading...