कावासोतीमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए




नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।

सोमबार नेपाल विद्यार्थी संघ लुम्विनी आदर्श डिग्री कलेज इकाई समितिको नेतृत्वमा प्रधानमन्त्री दहाल र गृहमन्त्री लामिछानेको पुत्ला जलाउनुका साथै कावासोतीमा राके जुलुस निकालेको हो ।



संघले गिरिवन्दु टि स्टेटको घोटाल सार्वजनिक गरिनुपर्ने, सहकारी पिडितलाई तत्काल न्याय दिनुपर्ने, सहकारी छानविनमा शक्तिको दुरुपयोग भएकोले गृहमन्त्रीले राजिनामा दिनुपर्ने लगायतका माग गरेका थिए ।

संघको लुम्विनी इकाईका सभापति प्रज्ज्वल पौडेलले सहकारी पिडितको न्यायकालागि तत्काल संसदीय छानविन गठन गरिनु पर्ने, गृहमन्त्रीले राजिनामा दिएर सहकारी छानविन समितिलाई न्यायको मार्ग प्रसस्त गरिनुपर्ने बताए ।

गिरिवन्दु टि स्टेटका बाहिर आएका कुराको छानविन गर्न प्रधानमन्त्रीले नचाहेकाले यसो गर्नु संघ बाध्य भएको ने.वि.संघ नवलपुरका जिल्ला अध्यक्ष हरि सुवेदीले बताए । कार्यक्रममा संघका विभिन्न कलेज , जिल्ला, नगर तथा क्षेत्रिय इकाईका सभापतिहरु लगायत नेता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...