कावासोतीका डेढ सय महिलालाई सेनेटरी प्याड वितरण


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ मा रहेको स्वास्थ्य आमा समूहले वडा भित्र रहेका एक सय पचास महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
महिला स्वास्थ्य सेविकाका केन्द्रिय अध्यक्ष रमिला भुजेलका अनुसार कावासोती ५ मा रहेका एक सय पचास जना महिलाहरुको स्वास्थ्य परिक्षण पछि सेनेटरी प्याड वितरण गरिएको हो ।
स्वास्थय आमा समूहले उक्त प्याड वितरण गरेको हो । स्वास्थ्य आमा समूहको आयोजनामा भएको स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षणमा भरतपुरको मौलाकालिका अस्पतालका डा. केशवराज भुर्तेल र रामप्रसाद सापकोटाले स्वास्थ्य परीक्षण गरेका थिए ।
त्यसैगरी शनिबार कावासोती ५ मा रहेका किशोरीहरुलाई प्रशिक्षण पनि प्रदान गरिएको छ । प्रशिक्षणमा रमिला भुजेलले प्रशिक्षण दिएका थिए ।



सम्बन्धित
Loading...