पयर्टन विकास आयोजनाका कर्मचारी घुससहित रंगेहात पक्राउ




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ ।

निर्माण सम्पन्न पश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै आज पक्राउ गरेको हो ।




आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट रु १७ हजार घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

१७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।



सम्बन्धित
Loading...