हावाहुरीले घर भत्किदा एकको मृत्यु




दाङ। दाङमा हावाहुरीसहित आएको पानीले घर भत्किदा एक जना मानिसको मृत्यु भएको छ ।

दाङको तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।




इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो ।

घरमा उनको श्रीमती पनि थिइन । श्रीमती भने भाग्न सफल भएकाले सकुसल रहेकी प्रहरीले जनाएको छ ।

घरको पूर्वतर्फको भाग भत्किएको छ । उनका एक छोरा र एक छोरी अर्कै घरमा बस्दै आएका छन् ।



सम्बन्धित
Loading...