नारायणी नदीमा उत्खनन गर्ने ७ वटा टिप्पर नियन्त्रणमा

रामकुमार श्रेष्ठ –
नवलपुर । नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गैडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्यान विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले ७ वटा टिप्पर गएराति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले नारायणी नदीबाट लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका टिप्परहरुलाई गैडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ ।