नवलपुरमा रुखले च्यापिएर एक जनाको निधन
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा आएको हावाहुरी सहितको पानीले रुख ढल्दा रुखले च्यापिएर एक जनाको निधन भएको छ ।
मध्यविन्दु नगरपालिका १२ ज्वाइथर निवासी ६९ बर्षीय चित्रबहादुर चिढी मगरको आज विहान रुखले च्यापिएर घटना स्थलमै निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरका मध्यविन्दु १२ ठूलो पोखरी सामुदायिक वनमा बाख्रा चराउन गएका थापाको रुखले च्यापिएर निधन भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।