लेखापढी कानुन व्यवसायी नवलपुरद्वारा कावासोतीका मालपोत अधिकृत भुसाल सम्मानित


 



May be an image of 4 people, dais and text

नवलपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला कार्यसमिति नवलपुरले मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत अनन्द भुसाललाई सम्मान गरेको छ ।




मालपोत कार्यलय कावासोतीको उत्कृष्ठ कर्मचारीको रुपमा उनलाई आज नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला कार्यसमिति नवलपुरले सम्मान गरेको हो ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला कार्यसमिति नवलपुरको १६ औं साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहण पछि बोल्दै भुसालले आफ्नो लक्ष्य भनेको कर्मचारी जीवनबाट अवकास लिंदा सबैको नजरमा ठाडो शिर लगाएर हिड्नु रहेको बताए ।

उनले आफूले कानुन अनुसार गर्न मिल्ने काम इमान्दारपूर्वक गर्ने र गर्न नमिल्ने काम कुनै पनि हालतमा नगर्ने बताए ।



सम्बन्धित
Loading...