जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि जनकपुरधाममा चलिरहेको महाधिवेशनको तेस्रो दिन बुधबार सहअध्यक्षसहितका पदका लागि निर्वाचन चलिरहेको छ ।
अध्यक्षमा भने १६ वर्षपछि नेतृत्वमा रहेका यादव नै निर्विरोध बने । अध्यक्षमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
महाधिवेशन प्रक्रिया सुरु भएपछि मो. इस्तियाक राईले अध्यक्षमा चुनाव लड्ने घोषणा नै गरेका थिए भने अशोक राई पनि आकांक्षी थिए । तर प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै असन्तुष्ट बनेको नेताहरुले राईको नेतृत्वमा २३ वैशाखमा नयाँ दल दर्ता गरे ।