विश्वकपमा रोहित पौडेलसँग निहुँ खोज्ने बंगलादेशी बलरलाई कारबाही




काठमाडौं । आईसीसीले जारी टी २० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने भएको छ ।

यो रकम अहिलेसम्मकै सबैभन्दा ठूलो राशी भएको आईसीसीले जनाएको छ । आमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकपमा २० देश सहभागी भएकामध्ये १२ देश बाहिरिसकेको छ ।



आईसीसीले विश्वकपमा एउटा पनि खेल जित्न नसकेको टोलीका लागि समेत पुरस्कार दिने व्यवस्था गरेको छ । जसअनुसार विश्वकपमा सहभागी देश नेपालले पनि पुरस्कार पाउने छ ।

यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ । उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।

त्यसैगरी सेमिफाइनलमा पराजित हुन दुई टोलीले सात लाख ८७ हजार ५०० डलरका दरले पाउने छन् । सुपर ८ मा पुगेर बाहिरिएका चार टोलीले ३ लाख ८२ हजार ५०० डलरका दरले पुरस्कार पाउने छन् ।

त्यस्तै, नवौँदेखि १२ औँ स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् । १३ देखि २० औँ स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् ।

विश्वकपमा कुनै पनि देशले एक खेल जितेमा थप ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ ।

विश्वकपमा दोस्रो पटक सहभागी नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन । जसका कारण नेपालले २ लाख २५ हजार डलर अर्थात दुई करोड ९९ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ ।

यसबाहेक खेल जित्न सकेको भए प्रति जित ४२ लाख रुपैयाँ थप हुने थियो । खेलाडीहरूले खेलेको बापत पनि पैसा पाउने गरेका छन् ।



सम्बन्धित
Loading...