नवलपुरमा गोहीको आक्रमणबाट मृत्यु

नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको निधन भएको छ ।
आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी नदी किनारमा नुहाउन गएका ७२ बर्षीय मिलबहादुर थारुको गोहीको आक्रमणबाट निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारुले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो ।
स्थानीय र प्रहरीलको टोलीले उद्दार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको सरिरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ ।
उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्दार गरी लगेको थियो ।