अरिंगालले टोकेर एक युवकको मृत्यु




ललितपुरको कुमारीपाटीमा अरिंगालले टोकेर एकजना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सप्तरी घर भएर काठमाडौँको अनामनगर बस्दै आएका २४ वर्षीय तेज नारायण चौधरीको मृत्यु भएको हो ।




असार ८ मा साँझ युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा अरिंगालले टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।



सम्बन्धित
Loading...