लमजुङ पहिरोमा परी एकै परिवारका चारै जनाको मृत्यु




लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा निरन्तरको वर्षासँगै आएको पहिरोले घर बगाउँदा पुरिएका चारै जनाको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चापाईंले बताए ।




प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । वडा सदस्य विनप्रसाद घलेका अनुसार गएराति १२–१ बजेतिर गएको पहिरोले तीन वटा घर बगाउँदा दुई घरका चारजना बेपत्ता भएका थिए ।



सम्बन्धित
Loading...