मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय, नयाँ गठबन्धनमा सहभागी नहुने




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।



नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने सचेतक परियारले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।



सम्बन्धित
Loading...