चना अड्किएर तीन वर्षे बालकको मृत्यु





दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।


उनका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो।

‘बालक विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बुधबार बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए,’ उनले भने, ‘ त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्‍याइएको थियो।’

अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए।



सम्बन्धित
Loading...