एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षका रूपेश नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
पोखरा– ५ जिरोकिलोमिटरस्थित एटिएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले मेसिन तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो। एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सूचना पाएसँगै खटिएको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका नेपालीलाई बुधबार कास्की जिल्ला अदालतबाट चोरी उद्योग कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।