कारागारमा करेन्ट लागेर कैदीबन्दीको मृत्यु




वीरगन्ज,२२ असार –

वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० बर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो ।




वीरगन्ज कारागारमा ०७५ सालदेखि जेल जिवन बिताउँदै आएको उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार जवरजस्ती करणी मुद्धामा कारागार जिवन बिताउँदै आएको उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो ।

मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टन गर्नका लागी राखिएको प्रहरी निरिक्षक बोगटीले बताए ।



सम्बन्धित
Loading...