भट्टराई– यादव नेतृत्वको दलमा शुरूमै दुई धार
बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको दलमा दुई धार देखिएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखापरेको छ ।
सार्वजनिक रुपमा पार्टी अध्यक्ष यादव र र परिषद् अध्यक्ष भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा नरहेको कान्तिपुर समाचारमा उल्लेख छ ।