कालीगण्डकी करिडोर नवलपुरमा ३ ठाउँमा सडक अवरुद्ध




रामकुमार श्रेष्ठ –

नवलपरासी । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली १ जरेबर, गैडाकोट नगरपालिका ३ हिँदे खोला र बुलिङटार २ मतेडाँडामा सडक अवरुद्ध भएको छ ।

बौदीकाली १ जरेबर र गैडाकोट ३ हिउँदेखोलामा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको र बुलिङटार २ मतेडाँडामा लेदो बगेको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेले बताए ।

अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको र सडक खुल्न कम्तीमा ४÷५ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यता बुटवल नारायणगढको नवलपुर खण्डमा भने सडक अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको बौदीकाली २ गुरौटार निवासी ५५ बर्षीय सन्तबहादुर विकको कच्ची घर अविरल बर्षाले १ मिटर भासिएको छ ।

घरमा रहेका सन्तबहादुर र उनकी श्रीमतीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...