गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव




चितवन, असार ३० । भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ ।

नारायणी र राप्ती नदी गोलाघाटमा मिसिन्छन् । नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।




शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए ।

अहिलेसम्म एक भारतीय नागरिकसहित तीन जनाको शव फेला परेको छ ।



सम्बन्धित
Loading...