बानेश्वरबाट हतियारसहित एक जना पक्राउ




प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् । काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए । उनले अवैध नियन्त्रण पनि प्राथमिकतामा रहेको जनाएका थिए ।




 



सम्बन्धित
Loading...