सम्मान तथा बिदाइ कार्यक्रम
प्रेम न्यौपाने
कावासोती । कावासोती नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयबाट सेवा निवृत्त हुनुभएका प्रधानाध्यापकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सोमबार कावासोतीमा सम्पन्न भएको छ ।
कार्यक्रममा शिव माध्यामिक विद्यालयबाट जनक मा वि गैंडाकोट सरुवा भै जानु भएका शिव मा वि का पूर्व प्रधानाध्यापक चूडामणि शर्मा कँडेल , गोसाइँबाबा आधारभूत विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक जिवन श्रेष्ठ ,नेपाल राष्ट्रिय आधारभूत विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक मुक्तिबहादुर क्षेत्री , सन्तुदेवी राष्ट्रिय प्राथमिक विद्यालयकासेवा निवृत्त प्रधानाध्यापक ठाकुर प्रसाद लामिछाने , राजरत्न प्राथमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक टीकाराम महतो लाइ सम्मान सहित विदाइ गरिएको छ ।
सोहि कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयहरुमा नवनियुक्त प्रधानाध्यापकहरु लाइ समेत स्वागत गरिएको परीक्षा समिती सदस्य एवम नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिनुभयो ।
त्यसैगरी कक्षा ५ को स्तरमापन परीक्षाबाट सर्वोत्कृष्ट १० स्थान भित्र पर्न सफल विद्यार्थीहरु लाइ पुरस्कार वितरण, उत्कृष्ट औषत अंक ल्याउने विषय शिक्षक र नगरपालिका भित्र सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यालय लाइ सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ ।
शैक्षिक सत्र २०७५ को स्तरमापन परीक्षामा नवदुर्गा आधारभूत विद्यालय कावासोती -२ प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती मा वि गोछाडाले द्वितीय र नारायणी प्रा वि टरुवाले तृतीय स्थान प्राप्त गरेका छन । कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुन को प्रमुख आतिथ्यता तथा नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णचन्द्र पोख्रेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कावासोती नगरपालिका स्तरीय परीक्षा समितिका संयोजक गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन परीक्षा समितिका सचिब प्रेम न्यौपानेले गर्नुभएको थियो ।