होलिस्टिककाे स्वास्थ्य सचेतना कार्यक्रम

गैंडाकोट । होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौले स्वास्थ्य सचेतनाको लागि आमजनताको बीचमा अभियानलाई अगाडि बढाइ रहेको छ ।
यसै सिलसिलामा आज २०७६ जेष्ठ २७ गते गैंडाकोटमा बिगत ३ बर्ष देखि संचालनमा रहेको सचेत होलिस्टिक हेल्थमा कम्पनीका कोर्डिनेटर डा. सागर पौडेलको उपस्थितिमा मानव स्वास्थ्य र स्वस्थ जीवन शैलिको बारेमा जानकारी गराए।
उक्त कार्यक्रममा चितवन र नवलपुर बासिहरुको उपस्थिति रहेको थियो । यो अभियान २८,२९ र ३० गते चितवनको विभिन्न ठाउँहरुमा संचालन हुने र यस कम्पनी अन्तर्गत होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टर नयाँ बानेश्वर काठमाडौमा रहेको जानकारी पनि गराउनु भयो ।
कार्यक्रमको संचालन कमल कुवरले गर्नु भएको थियो ।
