नारायणी नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१६, भगेरीथानस्थित नारायणी नदीकिनारमा नामथर, वतन नखुलेको एक पुरुष व्यक्तिको शव फेला परेको छ ।
अन्दाजी ३२ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शवको मुचुल्का गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।