काभा बिच भलिबल: नेपालको महिला पुरुष दुवै टिम फाइनलमा




काठमाडौं । नेपालको पुरुष बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।



थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्स बी लाई २१-१०, २१-१६ को सेटमा हरायो ।

यसअघि नै नेपालको महिला टोली पनि प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

कशनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हरायो ।

नेपालको पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग तथा महिला टोलीले फाइनलमा उज्वेकिस्तान ए टिमसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक रुपेश विष्टले जानकारी दिए ।

फाइनल खेल पनि आजै हुनेछ ।



सम्बन्धित
Loading...