कावासोती १६ मा बालबालिकालाई सूर्ती तथा मदिराजन्य वस्तु बेच्न प्रतिबन्ध



कावासोती । नवलपुरका कावासोती १६ मा बालबालिकाहरुलाई सूर्ती तथा मदिराजन्य वस्तु विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

कावासोती नगरपालिकाको १६ नम्बर वडा कार्यालयले आज एक सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो ।




कावासोती १६ मा बालबालिकालाई सुर्ती तथा मदिराजन्य वस्तु विक्री वितरण गरेको गुनासोको आधारमा यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ ।

त्यसैगरी सार्वजनिक स्थानमा सुर्ती तथा मदिराजन्य वस्तु प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको छ । सूचनामा यस्तो गरिएको पाइए कानुनी कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।



सम्बन्धित
Loading...