हसौरामा हिजोदेखि हराइरहेका बालक खोला किनारमा मृत भेटिए





कावासोती । नवलपुरको कावासोती ४ हसौरामा हिजोदेखि हराइरहेका ३० महिने बालक आज खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना आज विहान सवा ९ बजेतिर कावासोती ४ हसौरा स्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।


घटना स्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भईरहेको उनले बताए ।

बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी वेपत्ता भएका थिए ।

उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।



सम्बन्धित
Loading...