लुम्बिनी कलेज कावासोतिमा लुम्बिनी आइ.ओ.टि.एण्ड रोबोटीक्स क्याम्प–२०८१ सम्पन्न
साउन । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित लुम्बिनी आदर्श डिग्री कलेजमा ̎लुम्बिनी आइ.ओ.टि. एण्ड रोबोटीक्स क्याम्प(२०८१̎ आज सम्पन्न भएको छ । यही श्रावण २८ गते देखि शुरु भएको क्याम्पमा यस कलेजमा अध्ययनरत विज्ञान तथा प्रविधि संकाय अन्तरगत बि.आइ. टि. कार्यक्रमका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एव गण्डकी प्रदेशका पुर्व मन्त्री माननीय महेन्द्रध्वज जि.सी.को प्रमुख आथ्यिता रहेको कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्यहरु रामप्रसाद पोख्रेल, ओमकला गौतम, कपिलदेव भुषाल, तिर्थ चापागाइ लगाएत कलेजका प्राध्यापकहरुको सहभािगता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी महेन्द्रध्वज जि.सी. ले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले सामाजिक आर्थिक रुपान्तरणका लागि वि. आइ. टि. जस्तो प्राविधिक विषयको खांचो अपरिहार्य रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा तयार पारिएका आइ. ओ. टि., होम अटोमेशन, रोबोटिक्स, एग्रिकल्चर बेस्ड सिस्टम र अन्य अटोमेशन सम्बन्धि सामग्रीहरु प्रदर्र्र्शनि गरीएको थियो ।
५ दिन सम्म सञ्चालन भएको उक्त क्याम्पको सहजिकरण बि. आइ. टि. कार्यक्रमका संयोजक सुरज भट्टराइले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रिन्सीपल बाबुराम राना मगरले गरेका थिए ।